१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

षडयन्त्रपूर्ण र नियोजित समाचारबाट समाज भ्रमितहुने अवस्था आउनु दुर्भाग्यः मुख्यमन्त्री पोखरेल


२२ चैत, काठमाडौँ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले षडयन्त्रपूर्ण र नियोजित समाचारबाट समाज भ्रमितहुने अवस्था आउनु दुर्भाग्य भएको बताउनु भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले दासढुंगा हत्याकाण्डको समयको सम्झना गरेका छन ।

मुख्यममन्त्री पोखरेलले यस्तो लेखेका छन

दासढुंगा हत्याकाण्डको केही समय पछि तत्कालिन समयमा प्रकाशित हुने जनधारणा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागरगर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिक एमाले नेतृत्वलाई वदनामगर्ने नियोजित षडयन्त्र रचिएको थियो । पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । यतिवेला कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखलाहेर्दा सरकार विरुद्ध त्यही फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ ।

कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरुले दिनुनै पर्दछ । तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुवाट समाजनै भ्रमितहुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । आशंक र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभाववाट जोगाउ । अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिदैछ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार ०९:४९