१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

भारतको वाराणसीमा निर्माणाधीन फ्लाइ ओभर खस्दा १८ जनाको मृत्यु


२ जेठ, काठमाडौँ । भारतको आन्द्र प्रदेशको वाराणसीमा निर्माणाधीन फ्लाइ ओभर खस्दा १८ जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीहरुको माथि फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका छन ।

फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन महिनाअघि नै निर्माण सम्पन्न भइसकेको थियो । प्रदेश सरकारले ४८ घण्टाभित्र घटनाको जाँचबुझ गरी दोषिलाई कारवाहीको सिफारिस गर्न निर्देशन दिएको छ । उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ०९:५४