१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

३४ विद्यार्थीको ब्लेडले हात चिरेपछि नुनखुर्सानी दल्न निर्देशन दिने शिक्षिकालाई बर्खास्त मात्रै ?


२४ फागुन, काठमाडौँ । नेपालको निजी शिक्षा यस्तो यातनापूर्ण बन्दै गएको छ कि अभिभावकहरू न बोल्न सक्छन  न त कुनै विकल्प नै रोज्न सक्छन । आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि निजी विद्यालयमा अध्ययनका लागि पठाउँदा कतिखेर कु हुन्छ थाहा नै नहुने । गुणस्तरीय शिक्षाको नाममा विद्यार्थी माथि चरम यातना दिनेकाम निजी विद्यालयले गर्दै आएका छन ।

प्रसंग हो  काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीको । विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको भन्दै १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ३४ विद्यार्थीको हात ब्लेडले चिरिन । हात चिरीसकेपछि नुन र खुर्सानी हाल्न निर्देशन दिइन । उनले यस्तो यातना दिएका विद्यार्थीका बारेमा चुँ पनि नबोलेको विद्यालयले सरोकारवालाको चासो पछि शिक्षिका हटाएको जनाएको छ ।

यस्तो क्रुर यातना दिने शिक्षिकालाई बर्खास्त गरेर मात्र पुग्छ त ? अहिले अहम प्रश्न यही हो । एकेडेमीका प्रिन्सीपलले शिक्षालाई बर्खास्त गरेको एउटा सूचना फेसबुक पेजमा हालेका छन । तर त्यहाँ उनलाई कानुनी कारबाहीका लागि प्रहरीको बुझाउने र सहयोग गर्ने कुनै पनि विषय उल्लेख गरिएको छैन ।

शिक्षिका कर्माचार्यले हात चिरेका विद्र्यार्थीहरू कक्षा ६ र ७ मा अध्ययनत रहेका थिए । ती मध्ये २५ विद्यार्थी कक्षा ६ मा अध्ययनरत थिए भने ९ जना कक्षा ७ मा अध्ययनरत रहेका थिए । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षा अगावै धम्की दिएको पीडित विद्यार्थीले बताएका छन । उनले भने अनुसारको अंक नल्याउने विद्यार्थीलाई कर्माचाचार्यले बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिरेकी हुन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार ०९:५०