१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सब गर्नुस्, तर लिपिस्टिक कदापि नछुनुस् !


२४ माघ, काठमाडौं लिपिस्टिक महिलाहरुको सौन्दर्यको एक प्रसाधन । आकर्षक देखिन महिला लिपिस्टिक लगाउने गर्छन् । त्यो पनि थरीथरीका यानि रंगिबिरंगी ।

महिला शृंगारको अनिवार्य वस्तु बनेको लिपिस्टिकको अत्यधिक प्रयोगले हुने हानिबारे महिलाले हेक्का राखेको भने पाइँदैन । तर, यो क्षणिक राम्रोका लागि लगाइए पनि वास्तवमा स्वास्थ्यमा कस्तो प्रभाव पार्छ यो हेक्का नराख्दा हुने क्षतिबारे समयमै सजग हुन आवश्यक देखिन्छ ।

हरेक कुरामा सजग हुने महिलाहरु आफूले दैनन्दिन लगाउने गरेको लिपिस्टिकले कस्तो प्रभाव पारिरहेको छ त भन्नेमा जानकार त छैनन् । तसर्थ हामीले लिपिस्टिकले स्वास्थ्यमा पार्ने असरबारे यहाँहरुलाई जानकारी दिएका हौं ।

केही समयअघि अमेरिकामा गरिएको एक अध्यननले लिपिस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता भने निकै कमजोर हुने तथ्य फेला परेको छ । लिपिस्टिकमा एक किसिमको सीसाको प्रयोग हुन्छ । जुन मानव स्वास्थ्यका दृष्टिकोणले निकै हानिकारक हुन्छ ।

अध्ययनमा लिपस्टिकका २२ ब्रान्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड) जस्तै हानिकारक तत्त्वको प्रयोग गरेको पाइयो । उसो त नेपालमै पनि केहीअघि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक तत्त्व रहेका हुन्छन् । जुन मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडकै कारण क्यान्सरसम्म हुने जोखिम उत्तिकै हुन्छ । साथै यसले दिमागी असर कम हुनेजस्ता जोखिम पनि हुने विशेषज्ञहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । –एजेन्सी

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०८:१३