१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

गायिका आस्था राउतद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’


 १२ माघ, काठमाडौँ । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छन् । प्रहरी जवान रमिशा श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोपमा  दिएको उजुरीको आधारमा गायिका राउतविरूद्ध पक्राउ पुर्जी जारी गरिएकाे थियाे ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको जानकारी दिए । आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो। विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै उजुरी परेको थियो।

आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाइन्। सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०९:५६