१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

प्रदेश २ बाट राष्ट्रियसभामा राजपाका मृगेन्द्रकुमार सिंह निर्वाचित


९ माघ, काठमाडाैँ । राष्ट्रियसभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार पाँच हजार ४०० मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले चार हजार ५१२ मत प्राप्त गर्नुभएको छ । सिंह सङ्घीय समाजवादी पार्टी र नेपाली काँगे्रसका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार २०:२१