१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

आँशु झार्दै आस्था राउतले भनिन्ः म माथि हातपातसहित दूर्व्यवहार भयो (भिडियोसहित)


३ माघ, काठमाडौँ । केहीदिनदेखि चर्चाको पात्र बनेकी छिन गायिका आस्था राउत । विमानस्थलमा प्रहरीसँगको विवादपछि फेसबुकमा लाइभ मार्फत आक्रोश पोखेकी राउतको अहिले आलोचना भैरहको छ  भने कतिपयले प्रहरीको कार्यशैलीको पनि आलोचना गरेका छन । शुक्रबार त्रिभुवन विमानस्थलको सिसिटिभी फुटेट प्रहरीले पत्रकारहरूलाइ बाँडेपछि भाइरल बनेको छ ।

उक्त फुटेज बाहिरिएपछि गायिका राउतले सबैलाइ धन्यवाद दिँदै भिडियोको बारेमा पनि ब्रफिङ गरेकी छिन । उनले प्रहरीले आफू माथि दूर्व्यवहार गरेको फेरि पनि दोहोर्याएकी छिन । भिडियोमा त्यो केही देखिएको पनि छ । यद्यपी आस्थाले फेसबुक लाइभमा व्यक्त गरेका शब्दहरूका कारण उनलाइ पक्राउ गरेर कारबाही गर्न माग गर्नेको पनि कमी देखिएको छैन । उनले शुक्रबार फेरि फेसबुक लाइभमा आँशु झार्दै आफूलाई महिला प्रहरीले दुव्र्यवहार गर्दै कफी व्यागमा पोखिदिउँ भनेर भनेपछि आफू आक्रोशित भएको उल्लेख गरेकी छन् ।

त्यसदिन भएको घटनाको सिसीटिभी फुटेज सार्वजनिक भएको छ । शुक्रबारको फेसबुक लाइभमा उनले आफूलाई दुव्र्यवहार भएको हो तर संयमित भएर बोल्न पनि हुन्थ्यो तर दुव्र्यवहार भएकाले आक्रोस मात्र पोखेको बताइन् । उनले यसअघि भारतको सिलगढी जानका लागि काठमाडौंबाट झापा जाने क्रममा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको गायिका राउतले भिडियो सामाजिक संजालमा पोष्ट गरेकी थिइन् । राउतको भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १७:३२