१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

जापानी टोलीसँग नेपाल नीलोको मैत्रीपूर्ण फुटबल


२७ मंसिर, काठमाडौं दशरथ रंगशालामा आज नेपाल नीलो टिम र जापान फुटबल लिग (जेएफएल) यू-२३ टिमबीच मैत्रीपूर्ण खेल हुने भएको छ । खेल दिउँसो ३ बजे हुनेछ ।

नेपाली टिममा साग स्वर्ण पदक जितेका खेलाडी, सिनियर राष्ट्रिय टिमका सदस्यलगायत यू-१९ का खेलाडी हुनेछन् ।

खेल हेर्न आउने दर्शकका लागि एन्फाले भीआईपीतर्फ हजार र सामान्य प्यारापिटतर्फ ५ सय रुपैयाँको टिकट व्यवस्था गरेको छ ।

फाइल तस्बिर ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०७:२९