१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

भारतीय खेलाडी अक्षयलाई हराउँदै नेपालका लागि तेक्वान्दोका भुपेनले जिते स्वर्ण


१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् । बिहीबार सम्पन्न ८७ केजीमुनि प्रतिस्पर्धामा भुपेनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन् ।

पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए । यससँगै नेपालले १३औं सागमा तेक्वान्दोतर्फ १२ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार १७:४३