१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाल आयल निगमको ट्याङ्कर अपहरणकारीको कब्जामा


३ मंसिर, काठमाडाैँ । नेपाल आयल निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणमा परेको छ । अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर आइतबार विराटनगरका लागि हिँडेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाकाे लहानबाट अपहरणकारीले कब्जा गरेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर ८ जना अपहरणकारीले कब्जामा लिएका हुन् । आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएका आयल निगमले जनाएको छ । आयल निगमले पेट्रोल ट्याङ्कर अपहरणमा परेको सम्बन्धमा छानबिन गर्न इन्जिनियर अशोक साहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई सत्यतथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १८:१६