१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाल कम्युनिष्ट पार्टी घोषणाका लागि दुई कार्यदल गठन (सदस्यको सूचीसहित)


८ फागुन, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको सहमतिसँगै संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राती सम्पन्न एकता संयोजन समितिको बैठकले दुईवटा कार्यदल गठन गरेको हो ।

संगठनात्मक तथा विधान मस्यौदा कार्यदलमा एमालेका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, नेताहरु सुरेन्द्र पाण्डे र वेदुराम भुषाल रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा रहेका छन् ।

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली, नेताहरु सुवास नेम्वाङ र रघुजी पन्त रहेका छन् भने माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १०:०१