१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

रौतहटकाे मठिया प्रहरी चौकीमा विष्फोट


२६ कात्तिक, रौतहट । रौतहटमा एक प्रहरी चौकीमा विस्फोट भएको छ। इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम विस्फोट भएको हो। विस्फोटमा परी एक प्रहरी जवान घाइते भएका छन्। सुतली बम प्रहार भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले जानकारी दिए।

विस्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन। प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। ‘नियन्त्रणमा लिएकासँग थप सोधपुछ हुदै छ,’ डिआइजी कार्कीले भने।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १४:५७