१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेकपाको सचिवालय बैठक बस्दै नबसी स्थगित


२ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठक आज बस्दै नबसी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएको भए पनि स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।

बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउने अपेक्षा गरिएको थियो । तत्कालीन एमाले र तत्कालीन माओवदी एक भएर बनेको नेकपाको अझै केही कमिटीहरू टुंगिन बाँकी रहेका छन । कतिपय अवस्थामा अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता तथा कतिपय अवस्थामा गुटका नाममा पूर्व एमालेका तर्फबाट सिर्जना भएका अबरोधले एकताको पक्रिया लम्बिदै गएको छ ।

जसको प्रभाव पार्टीका तल्ला तहका कार्यकर्तामा देखिएको छ । समयमै सबै कमिटीको एकता नहुँदा नेता कार्यकर्ताले सबैले जिम्मेवारी पाउन सकेका छैनन् भने कतिपय अवस्थामा जिम्मेवारी पाएकाले समेत काम गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार ०८:४०