१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

पर्यटनमन्त्री योगेश भट्टराईको दुर्भाग्यः चुनावी मोर्चामा जहाँ हात हाल्यो त्यहीँ शर्मनाक हार !


२१ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जहाँ हात हाल्यो त्यही बिग्रने परिस्थिति बनेको छ । नेता भट्टराईले पर्यटनमन्त्रीसँगै पार्टीको पर्यटन विभागको प्रमुख समेत रहेको बेलामा उनकै मातहतको एउटा महत्वपूर्ण व्यवसायीक संस्थामा नेकपाको उम्मेदवारले धुलो चाटेका छन ।

उनीहरूले नेकपा निकटका व्यवसायीहरूलाई नै फुटाएर नयाँ संगठन खोल्नेसम्मको काम गरे । विगतमा जस्तो पूर्व माओवादी खेमा टानको यस चुनावमा इमान्दार नदेखिएको नतिजाले पनि बताएको छ । जेहोस विभागीय नेतृत्वको हिसाबमा योगेशलाई पहिलो गाँसमै ढुंगा परेको छ । आफैँ चुनावी मैदानमा निस्कदाँ समेत उनले जिताउन सकेनन् ।

उनीहरूले नेकपा निकटका व्यवसायीहरूलाई नै फुटाएर नयाँ संगठन खोल्नेसम्मको काम गरे । टानको अधिकांश पदमा कांग्रेस निकटका उम्मेदवार विजयी भए । मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपाका अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् । सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमात्र प्राप्त गरेका छन ।

महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतको झिनो मतान्तरमा अर्का प्रत्यासी कांग्रेसका कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् । उनी पूर्व माओवादी समूहकी हुन । उनी लगायतका केहीले चुनाव जित्नुमा पनि कांग्रेस निकटका उम्मेदवार कमजोर हुनु एउटा महत्वपूर्ण कारण हो ।

टानका उम्मेदवारहरूले प्राप्त गरेको मतको ट्रेन्ड हेर्दा ४३० देखि ४५० को हाराहारीमा नेकपाको मत देखिन्छ । बाँकी मतका लागि जुन चुनावी अभ्यास गर्नुपर्ने थियो त्यो नभएको देखिएको । अर्को कुरा पदाधिकारीमा नेकपाले प्रस्तुत गरेका प्राय उम्मेदवार सदस्यका लागि लायक थिए । उनीहरू व्यवसायी भन्दा बढी कार्यकर्ता थिए तर तिनैलाई बोकेर चुनावमा गए । जसको कारण नेकपाको विपक्षमा मतपरिणामा आयो ।

पत्रकार महासंघमा पनि धुलो चटाए 

नेपाल पत्रकार महासंघको निर्वाचन हुँदा योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभागको प्रमुख थिए । त्यहाँ पनि उनले तत्काली एमाले निकटका उम्मेदवारलाई धुलो चटाए । कारण थियो उम्मेदवारी । योगेशले प्रेस चौतारीका नाममा संगठन गरेका कसैलाई विश्वास गरेनन् । बरू उनकै गृह जिल्लाको भएका कारण वामपन्थी पृष्ठभूमिका तर पत्रकार महासंघका लागि आधार तय गर्ने संगठन प्रेस चौतारीलाई चौतारो भनेर हेपेर बोल्ने र सधै त्यस्ता संस्थाको विपक्षमा बोल्ने तिर्थ कोइरालालाई  नेतृत्व दिए ।

कोइरालाको नेतृत्वमा बनेको टिममा पनि पत्रकारिता पेशाका  नाममा अनेक धन्दा चलाउनेहरू हावी भए । सहकार्य गरेर अघि बढ्न चाहने प्रगतिशि समूहहरूलाई लेखिटिए र अन्तिममा मैदानमा केही कागे परेर जित्ने बाहेक सबै एमाले निकटका उम्मेदवार बढारिए । तै पनि योगेश भट्टराई प्रचार विभागको सफल प्रमुख बनिरहे । हुनत भट्टराईले नेतृत्व गरेको प्रचार विभागमा प्रेससँग सम्बन्धित र प्रचारमा विशेष दख्खल भएका भन्दा नाताभित्रका र चाप्लुसी गर्नेलाई राखेका थिए । लगातार दुई  पटकसम्म शानदार ढंगले एमाले निकटले चुनाव जितिरहेको पत्रकार महासंघको मोर्चा उनले ध्वस्त पारिदिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार १०:२५