१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ताे छ कार्यसूची


२९ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बोलाइएको बैठकमा स्कूल विभाग लगायत नेताहरुको कार्यविभाजनको टुंगो लगाउने कार्यसूची रहेको छ ।

स्कुल विभाग कसलाई दिने भन्नेबारेमा नेकपामा विवाद हुँदै आएको छ । विभागमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी छ । स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ ।

अन्य विभागको अनौपचारिक टु‌ंगो लागे पनि पार्टी एकता भएको एक वर्ष पूरा हुँदा समेत अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

आज बस्ने सचिवालय बैठकले पार्टीएकताको बाँकी कामलाई पुर्णता दिने गरी गृहकार्य अघि बढेको छ । एकतालाई अन्तिम टुंगो लगाउनु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले लामो छलफलसमेत गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १२:४२