१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

पार्टी एकताकाे बाँकी काम आजै टुंगिन्छ : अध्यक्ष प्रचण्ड


३१ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लाग्ने बताएका छन् । अध्यक्ष प्रचण्डले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताएका हुन् ।

पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा मंगलबार बोल्दै अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको समेत बताए ।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १७:१५