१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

व्याव्सनका अध्यक्ष रहेका निजी स्कुलका प्रिन्सिपलले कोट र टाई नलगाएको भन्दै शिक्षक कुटे


३१ असार, भोजपुर । व्याव्सन भोजपुरका अध्यक्ष समेत रहेका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल रमेशकुमार आलेले कोट र टाई नलगाएको भन्दै एक शिक्षकलाइ निर्घात कुटपिट गरेका छन । ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ घर भएका २८ वर्षीय अतित अधिकारीलाइ प्रिन्सिपल आलेले कुटपिट गरेका हुन ।

अधिकारी पाँच महिनादेखि विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित पढाउँदै आएक्का थिए । नियुक्तिपत्र समेत नबोकी काम गरिरहेका अधिकारीले एक महिनाको पारिश्रमिक ३५ हजार पनि पाउन सकेका छैनन् । प्रिन्सिपलले कुटपिट गरेपछि अधिकारीले प्रहरी प्रशासन गुहारेका छन् ।

उनले प्रहरीलाइ दिएको उजुरीमा शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई वोधार्थ दिएका छन । अन्य शिक्षकलाइ समेत कुटपिट गर्ने र धम्की दिने गरेका प्रिन्सिपलले तलब दिनेसम्म आएपछि जहिल्यै यस्तो व्यवहार देखाउने गरेको अन्य शिक्षकले पनि गुनासो गरेका छन । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै अधिकारीको निवेदन आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन लेखि पठाएको बताएका छन ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार ०९:३७