१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नगर शिक्षा समितिले गर्याे रूपन्देहीका चार विद्यालय समायोजन


३० चैत, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालय समायोजन भएका छन् । नगर शिक्षा समितिको सिफारिशलाई अनुमोदन गर्दै नगर कार्यपालिकाको बैठकले नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयनमा आउने गरी चार वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको हो ।


यसरी समायोजनमा पर्ने विद्यालयमा वडा नं १ को प्रगति, वडा नं ८ को भद्रकाली, वडा नं १४ को नर्मदेश्वर खैरिया र वडा नं १६ को बोहिया आधारभूत विद्यालय रहेका छन् ।

यी विद्यालयलाई नजिकका क्रमशः शंकरनगर दुर्गादत्त मावि, ज्योति आधारभूत विद्यालय, टिकुलिगढ मावि र पशुपति नमूना माविमा समायोजन गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

 

वर्षौंदेखि न्यून विद्यार्थी भएका तिलोत्तमास्थित विद्यालयहरु पहिलो पटक समायोजनमा परेका हुन् । यी विद्यालयलाई अघिल्ला वर्षहरुमै समायोजन गर्ने तयारी गरिएको भए पनि त्यो पूरा हुन सकेको थिएन ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार ०७:५८