१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेकपाका महासचिव पाैडेल कोरिया प्रस्थान, विदाइमा कृष्णगोपालदेखि सिकेसम्म विमानस्थलमा


९ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल दक्षिण कोरियाको भ्रमणमा निस्किएका छन । सोमबार साँझ उनी अर्थविद् प्रा. डा. गोबिन्द नेपालसँगै दक्षिण कोरियाको भ्रमणमा निस्किएका हुन । महासचिव पाैडेल दक्षिण कोरिया सरकारको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको स्वकीय सचिव यम पाण्डेले जानकारी दिए । उनका अनुसार पाैडेल Eminent South Asian Dignitaries Programme 2019 मा सहभागी हुनेछन ।

दक्षिण कोरियामा रहँदा पाैडेलले सत्तारुढ दल मिन्जु पार्टीका अध्यक्ष, नेपाल कोरिया सांसद मैत्री समितीका पदाधिकारी लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । भ्रमणका क्रममा महासचिव पाैडेलले जलबिद्युत आयोजना, रेल कम्पनी, आईसिटी केन्द्र, सांस्कृतिक सम्पदा लगायतको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । महासचिव पाैडेल जुन २८ तारिख काठमाडाैँ फर्कनेछन ।

महासचिव पाैडेलको विदाइमा नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ पुगेका थिए भने साथमा डा सिके राउत पनि देखिएका देखिए । श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बीरमा उनी, महासचिव पाैडेल र राउत सँगै रहेका छन । राउत दुइ हप्ते युरोप भ्रमण सकेर सोमबारमात्र स्वदेश फर्किएका हुन । तस्बीरः कृष्णगोपाल श्रेष्ठको फेसबुक पेज ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार २१:५६