१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायी उत्साहित


२५ चैत, काठमाडौँ । भारतीय उद्योगी व्यवसायी नेपालमा लगानी गर्न उत्साहित देखिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भ्रमणका क्रममा ओलीले भारतीयमञ्चमा व्यक्त गरेको प्रतिवद्धताबाट व्यवसायीहरु उत्साहित देखिएको भ्रमण टोलीमा सहभागी नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले बताए ।

भ्रमणको पहिलो दिन भारतीय उद्योगी व्यसायीसँगको अन्तरक्रिया र दोस्रो दिन इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए । अध्यक्ष पाण्डेका अनुसार प्रधानमन्त्रीले लगानीका लागि उपयुक्त बातावरण तयार गर्ने र नेपालमा राजनीतिक अस्थिरता सकिएको सन्देश दिएकाले व्यवसायीहरुले पर्यटन क्षेत्रमा लगानीका लागि पनि चासो व्यक्त गरेको बताए ।

अध्यक्ष पाण्डेले सरकारले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधारको रुपमा व्याख्या गरेको र ग्रामीण पर्यटनमा समेत जोड दिँदै आएकाले पर्यटनमा विदेशीलाई लगानीलाई समेत आकर्षित गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको भ्रमण दलमा नाट्टाका अध्यक्ष पाण्डे र नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी सहभागी रहेका छन ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १३:३९