१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

श्रममन्त्री गोकर्ण विष्टको पहलमा माग पूरा भएपछि चिया श्रमिक काममा फर्किए


६ जेठ, इलाम । लामो समयको आन्दोलनपछि चिया श्रमिक काममा फर्किएका छन् । तीन दिनअघि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पहलतमा श्रमिक र रोजगारदाताबीच सहमति भएको थियो । रोजगारदाताले श्रमिक ज्याला कार्यान्वयन गर्न ढिला स्वीकृति दिएकाले उनीहरु आजदेखि काममा फर्किएका हुन् । बगानमा ५१ श्रमिकमध्ये अहिले २५/२६ जनाले मात्र काम गर्दै आएका छन् ।

चिया बाझिएकाले कामको चटारो नहुँदा करार दरबन्दीका कर्मचारी कामविहीन भएका छन् । चिया टिप्नुको सट्टा फाँड्नुपर्ने र कम जनशक्तिले काम चल्ने हुँदा अन्य श्रमिकलाई फर्काइएको हो । बगानमा राम्रो चिया पत्ती नहुँदा तथा चियाको आम्दानी न्यून भएका कारण हाल स्थायी दरबन्दीका कर्मचारी मात्र काममा फर्र्किएको कन्याम चिया बगानका श्रमिक रमेश खड्काले बताउनुभयो ।

चिया बगान व्यवस्थापनले तत्कालका लागि करार र अस्थायी दरबन्दीका कर्मचारी हटाइए पनि कामको समयमा बोलाउने जनाएको छ । नयाँ श्रम ऐनअनुसार ज्याला र अन्य सुविधा पाउनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । निजी क्षेत्रबाट सञ्चालित बगानसँग सहमति भएपछि त्यहाँका श्रमिक फर्किएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार २३:२४