१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

यस कारण नेपाली बुहारी बन्दै बलिउड अभिनेत्री श्रद्धा कपुर


९ चैत, काठामाडौं । बलिउडका चर्चित फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेम सम्बन्ध भएका कारण अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्न लागेकी हुन् । श्रद्धाले रोहनसँग घरजम गर्न लागेको समाचारले वलिउड नगरी तातिएको छ । केहि समय अघि वलिउड अभिनेता फरहान अख्तर र आदित्य राय कपुरसँग श्रद्धाको प्रेमसम्बन्धमा रहेको समाचार पनि सार्वजनिक भएको थियो ।

श्रद्धा बाल्यकालका साथी रोहनसँग विवाहको तयारीमा रहेको समाचार सार्वजनिक भएकाे हाे । रोहन नेपाली मूलका हुन्  उनका पिता राकेश श्रेष्ठ नेपाली हुन् जो कामको सिलसिलामा मुम्बई पुगेर उतै स्थापित भएका थिए । ३३ बर्षिय अभिनेत्री श्रद्धा र रोहन अर्को वर्ष अप्रिल, मेसम्म घरजम गर्ने तयारीमा रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

श्रद्धासंग प्रेमसम्बन्धमा रहेका फोटोग्राफर रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन् । श्रद्धासंगै स्कुल र कलेज पढेका रोहनको बलिवुड अभिनेता अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन्।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १५:२४