१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

विद्यार्थीबाट फरक शीर्षक र दरमा लाखौँ ठग्दै ललितपुरको किस्टसहित यी ५ मेडिकल कलेज


४ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् ।

त्रिविको अनुगमन निर्देशनालयको छानबीनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकलले अवैध रुपमा शुल्क लिएको पाइएको हो ।

चिकित्सा शिक्षाको विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा शुल्क असुलेका छन् र शुल्क विद्यार्थीपिच्छे फरक छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदिप कैनीले लेखेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ०७:२४