१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

सोमबार घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


१४ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ  र  तेजावी सुनको तोलाको १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ११:२०

https://srdb.com.np/