२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

भ्रष्टाचार र लुटको बलमा गगन थापाको साम्राज्य विस्तार


१० माघ, काठमाडौँ । राम्रो वाक कलाका कारण नेपाली कांग्रेसका युुवा नेता तथा सांसद गगन थापा चर्चित र लोकप्रिय छन् । तर, छोटो समयमै नेपाली कांग्रेसभित्र आफ्नो प्रभाव र पहुँच जमाउन सफल थापा अनेक भ्रष्टाचार र अनियमितताका काण्डहरुसँग जोडिएका छन् ।
विद्यार्थी राजनीतिदेखि सांसद हुदै स्वास्थ्यमन्त्री हुँदासम्म उनको दर्जनभन्दा बढी काण्डहरु भएका छन् । बाहिर आर्दशका कुरा गर्ने सांसद थापाका अधिकांस काण्ड अनियमितता र लुटसँग जोडिएका छन् । पछिल्लो समयमा अनशनरत डा.गोबिन्द केसीको सबैभन्दा बलियो संरक्षक बनेका थापाले स्वास्थ्य क्षेत्रमा आफ्नो साम्राज्य विस्तार गर्नका लागि डा.केसीलाई मोहोरा बनाएका छन् । एलाइन्स फर पिस जस्ता संस्थाहरुबाट सहयोग ल्याएर केसी अनसनलाई नेकपाको सरकारविरुद्ध जनमत सृजना गर्ने माध्यम बनाएका थापाले डा.केसीलाई १६ औं अनसन लगाएका छन् ।

त्रिचन्द्र कलेजमा लाखौंको बेरुजु
थापाको राजनीतिको उद्गम थलो काठमाडौंको त्रिचन्द कलेज हो । त्रिचन्द्र कलेजमा उनी स्ववियु सदस्य, सचिव हु्दै सभापति भए । तर, सभापति भने विद्रोही उम्मेवार बनेर जिते । उनी सभापति भएको बेला त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भएको भ्रष्टचार काण्डले अझै टुंगो पाएको छैन । ३० लाखभन्दा बढीको बेरुजु अझै पनि महालेखा परिक्षकमा उनको छ ।
त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा अहिले पनि उनको बेरुजुको फाइल रहेको छ । थापाले त्रिवी र कलेज प्रशासनलाई बेरुजु फाइल बाहिर ल्याए जागीर खाइदिने धक्की समेत दिने गरेका छन् । त्यसो त त्रिचन्द्र कलेजबाटै उनले आफ्नो साम्राज्य बिस्तार गरेका थिए ।
त्रिचन्द्रमा भएको बेला लाखौं पैसा उठाएका थिए भने विदेश भ्रमणदेखि जाड पार्टीसम्मको पैसा कलेजबाटै तिराएका थिए । उनले त्रिचन्द्र कलेज छदा नविन महर्जन मार्फत आफ्नो चन्दाको कारोबार गर्ने गरेका त्रिचन्द्रका प्राध्यापकहरु बताउँछन् ।

पनिकाको बेवसाईड काण्ड
गगन जनआन्दोलन ताका चर्चित विद्यार्थी नेता थिए । त्यही बेला परिक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाईडको काम हातमा पारे । उनले परिक्षा नियन्त्रण कार्यालयको बेवसाइड बनाउछु भनेर ५ लाख पेस्की लिएका थिए । तर, उनले वेबसाईड बनाएनन् । पनिका एक कर्मचारी भन्छन्, ‘उहाँले न वेबसाईड बनाएर दिनुभयो न, पैसा नै फिर्ता गर्नुभयो ।’

गुण्डानाइके कुमार घैंटे काण्ड
गुण्डानाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उनको हत्या हो भन्दै मानवअधिकार आयोगमा न्याय माग्न गए । कुमार घैंटेमार्फत् गगन थापाले करोडौं रुपैयाँ लगानी गरेको चर्चा हुनु र उनी मानवअधिकार आयोगमा वर्तमान आइजीपी सर्वेन्द्र खनालमाथि कारबाहीको माग गर्दै गुहार माग्न जानु संयोगमात्र नभएको चर्चा त्यतिबेला हुने गरेको थियो ।
घैंटे मारिएपछि थापा विक्षिप्त जस्तै बनेका थिए । उनले मानवअधिकार अयोगमा उजुरी दिए, संसदमा आवज उठाए । घैटे गगनका प्रमुख आर्थिक सहयोगी थिए । गगनले व्यपारिक घराना र कर्पोरेटहरुको सूचना घैटेलाई दिएर चन्दा असुली गर्न लगाउँदै आएका थिए ।

बलात्कारका आरोपी काण्ड

गगन थापाको आवरण राजनीतिक देखिए पनि उनले गुण्डानाइकेहरुलाई संरक्षण गर्दैआएको संजीव लामा स्यालसँगको उनको कनेक्सनले पुष्टी गरेको छ । स्याल केही महिनाअघि बलात्कार आरोपमा पक्राउ परेपछि गगन थापाले उनलाई छुटाउन प्रहरीलाई दबाब दिएका थिए । चितवनकी रुपा शर्मा(नाम परिवर्तन) लाई गुण्डानाइके संजीव लामा स्यालले २०७५ जेठ २८ मा बलात्कार प्रयास गरेका थिए । घटना भएको ३ दिनपछि २०७५ जेठ ३० गते दरबारमार्ग प्रहरी बृत्तमा उजुरी परेको थियो । रुपाको उजुरीपछि लामा पक्राउ परेका थिए । लामा आफैले खोलेको दरबारबार्ग महेन्द्र शालिक अगाडि रहेको नोला लाउन्ज एण्ड बारमा म्यानेजर राखेकी रुपालाई उनले बलात्कार प्रयास गरेका थिए । बलात्कार प्रयास गर्ने लामालाई छाड्न र बलात्कार केस मिलाउन नेपाली गगन थापालगायत केही नेताहरुले प्रहरी बृत्त दरबारमार्गका डीएसपी दानबहादुर मल्ललाई चर्को दबाब दिएको कुरा मिडियामा आएको थियो ।

बाख्रा र मासु पसल काण्ड
गगनले कृषिदेखि बाख्रापालन, कुखुरापालनदेखि मासु प्रशोधन उद्योग खोल्नका लागि ब्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) बाट करोडौं रुपैयाँ अनुदान लिएर हजम गरेका छन् । प्याक्टमा उनकै जिल्लाका आयोजना प्रमुख योगेन्द्रकुमार कार्कीमार्फत् करिब १५ करोड अनुदान लिएका थिए । बाख्रापालन, लप्सी खेती, मौरी पालन, लोकल कुखुरापालन र कुरिलोखेती गर्ने उद्देश्य सहित बनाइएको ‘सुनखानी एकीकृत कृर्षि केन्द्र’को नामबाट उनले पैसा लिएका हुन् । उनले सुरुमा नुवाकोटमा बाख्रा फारम र काठमाडौंको गोल्फुटारमा मासु पसल खोलेका थिए । २०६८ साउन २८ मा उनले धुमधामका साथ उदघाटन गरेको एच एन्ड एच मिट सप अनुदान हजम गरेपछि बन्द भयो ।
गगन थापा र उनको टीमले खोलेका कर्मना एग्रिकल्चर फार्मद्वारा संचालित नेपाल मिट प्रोसेसिङ इन्ष्डष्ट्रिज पनि बन्द भयो । अनुदान लिएको केही महिनापछि गल्फुटारमा खोलिएको कर्मना फार्म र बी एण्ड एच मिट सप बन्द भयो । त्यो ठाउँमा आवत जावत गर्नेहरुले गगन थापाको मासु पसल त अनुदान खानका लागि खोलिएको रहेछ भन्न थाले । उनले आफूले सरकारी पैसा नलिएको दाबी गर्दै आएको छ । तर, उनको यो दाबीलाई उनले गोल्फुटारमा राखेको बोर्डले नै खण्डन गर्छ । उनले मासु पसल अगाडि परियोजनाको नाम, पैसा र अन्य विवरण सरकारी लोगो सहित बोर्ड बनाएर राखेका थिए । (हेर्नुहोस् बोर्ड)

विपिको भिसीमा १४ करोड काण्ड
गगनको सबैभन्दा ठुलो फटाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुत्ती काण्ड हो । उनले स्वास्थ्यमन्त्री भएको बेला १४ करोड लिएर प्रा.डा. राजकुकार रौनियार लाई कुलपति बनाएका थिए । बदनाम रैनियार पैसाकै कारण कुलपति बनेका थिए । आज त्यसको असर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोगीरहेको छ ।

त्यसो त अहिले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गगनकै गहिरो प्रभाव छ । उनले नियुक्त गरको उपकुलपति रैनियारले अहिले पनि बिभिन्न ठेक्का र टेन्डरको पैसा गगनलाई पु¥याउने गरेको बताइन्छ । डा. रौनियार अनेक काण्ड जोडिएका छन् । ती मध्ये रौनियारमाथि १.५ टेस्ला एमआरआइ खरिद प्रकरण, अंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माणमा सप्लायर्समा करोडौ अनियमितता भएको भन्दै अहिले पनि छानविन भइरहेको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले लागत मूल्य भन्दा डेढ गुणा बढी लागतमा काठमान्डौस्थित हस्पिटेक इन्टप्राइजेजसँग खरिद गर्न लागेको एमआरआई उपकरण टेन्डर रद्द गरेपछि यो प्रकरण सर्वोच्च अदालतसम्म पुगेको छ ।

गत साता प्रतिष्ठानका उपकूलपति डा. रौनियारले एकल निर्णयबाट एमआरआई उपकरण खरिद रद्द गर्ने निर्णय गरेपछि हस्पिटेक इन्टरपाइजेज अदालत गएको हो । गत ०७४ चैत्र २५ गते हस्पिटेकले सर्वोच्च अदालतका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरुद्ध मुद्दा दायर गरेकोमा सर्वोच्चले २६ गते कारण देखाऊ आदेश जारी गरेको छ । शतप्रतिशत एलसी जारी गरेर एमआरआई सिपमेण्ट समेत भइसकेको अवस्थामा उपकुलपतिले टेन्डर रद्द गरेको भन्दै सोका विरुद्ध हस्पिटेक अदालत गएको हो ।

डा. रौनियार उपकुलपति हुनु पूर्व प्रतिष्ठानको रेडियोलोजी विभागको प्रमुख रहँदा तत्कालीन व्यवस्थापनले सोही मेसिन सोही कम्पनीबाट १२ करोड मूल्यमा खरिद गर्न खोज्दा अनुपयुक्त भनी सिफारिस गरेका थिए । डा. रौनियारले यो सबै गगनको सल्लाहमा गरेको बताइन्छ । १२ करोड मूल्यमा खरिद कार्य रोकेर बखेडा झिकेका डा. रौनियारले अहिले आफू उपकुलपति भएको केही हप्ता भित्रै सोही मेसिन करिब १८ करोडमा खरिद गर्ने निर्णय गरेर सरकारको सम्पत्तिमा ब्रम्हलूट गर्न उद्यत भए ।

उक्त खरिद निर्णयमा कार्यकारिणी समितिका दुई महत्त्वपूर्ण व्यक्ति तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ र रजिष्ट्रार तुल बहादुर श्रेष्ठले ‘नोट ओफ डिसेन्ट’ लेख्दा समेत डा. रौनियारले अटेर गरेका थिए । त्यत्तिबेला यो कार्यमा मेडिकल व्यवसायी विशाल पण्डितले नै ठुलो सहयोग गरेका थिए । प्रतिष्ठानमा एकाधिकार जमाउन पण्डितकै योजना अनुसार डा. रौनियारले एमआरआई १.५ टेस्लाको स्पेशिफिकेसन बनाए, अनि चालू अन्तर्रा्ष्ट्रिय बजार भाउ भन्दा डेढ गुणा बढी लागत राख्न लगाए । डा. रैनियारले हरेक टेन्डरको पैसा गगनलाई ब’झाउन पर्ने आफ्ना साथीहरूलाई पनि बताउँदै आएको प्रतिष्ठानका एक चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार १२:०४