१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

बुधबार पनि बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२४ जेठ, काठमाडाैं । साताकाे चाैथाें काराेबारकाे दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ११:३५