१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

युके भिसाका नाममा श्रेष्ठ क्यारियर एडभाइजरको ठगी !


२० जेठ, काठमाडौ । युके भिसाका नाममा श्रेष्ठ क्यारियर एडभाइजरले सर्वसधारणलाई ठगी गरेको पाइएको छ । काठमाडौको ठमेलमा रहेको श्रेष्ठ क्यारियर एडभाइजरले भूतपूर्व गोर्खा सैनिक र उनीहरूको परिवारको भिसा लगाइदिने नाममा ठगी गरेको पाइएको हो ।

श्रेष्ठ क्यारियर एडभाइजरले युकेमा आवासिय भिसाका लागि परामर्श दिने र कागजात मिलाइदिने नाममा ठगी गरेको हो । उसले परामर्शको नाममा अनुहार हेरेर लाखौँ रूपैयाँ असुलिरहेको छ । श्रेष्ठ क्यारियर एडभाइजरकी सञ्चालक समीकाछी श्रेष्ठले भिसा फ्यासिलिटेसन सर्भिस ग्लोबल मार्फत पनि चाँडै काम गराइदिन्छु भन्दै पैसा असुलेको दैनिकीको सम्पर्कमा आएका पीडितले बताएका छन ।

स्रोतका अनुसार कतिपय अवस्थामा श्रेष्ठ क्यारियर एडभाइजरको तर्फबाट स्थानीय तहहरूबाट बनाउनुपर्ने अबिबाहित प्रमाणपत्र, सम्बन्धबिच्छेद जस्ता कामको कागजात समेत आफैँ बनाइदिने गरेका छन । स्रोतका अनुसार श्रेष्ठ क्यारियर एडभाइजरले कर समेत छली गरेको भन्दै सरोकारवाला निकायमा उजुरी परेको छ । कतिपय अवस्थामा कम्पनीले आफैँले सेवाग्राहीको कागजतपत्र राखेर हरायो भन्दै दुःख दिने र व्यक्तिगत इमेलको पासवर्डहरू पनि आफैँ राख्ने गरेको गुनासो पीडितहरूले गरेका छन ।

पीडितहरूका अनुसार श्रेष्ठ क्यारियर एडभाइजरका सञ्चालक श्रेष्ठले केही वर्षमै थुपारेको करोडौँ रकमको अनुसन्धान हुनुपर्ने भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको बताएका छन । पीडितहरूले दैनिकीको सम्पर्कमा आएर ठगीको सूचना दिएपछि हामीले सञ्चालक समीकाछी श्रेष्ठसँग सम्पर्कको प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहिनन् ।

उनको सहयोगीले तपाई कस्तो पत्रकार हो उहाँले नभेटी केही बोल्नु हुन्न भन्ने जवाफ दिए । हामीले सञ्चार माध्यमको पहिचानसहित समाचारमा प्रतिक्रियाका लागि हो फोन दिनुसन भनेर पटक पटक गरेको आग्रह श्रेष्ठका सहयोगीले अस्वीकार गर्दै पहिला सञ्चार माध्यमको कार्डसहित कार्यालय भेट्न अनुरोध गरे ।

(पीडितहरूको आग्रहमा उहाँहरूको नाम र पहिचान समाचारमा उल्लेख नगरिएको हो-प्रधानसम्पादक)

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १३:२७