१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

रेशम चौधरिको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियोः एमाले सचिव ज्ञवाली


१६ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले रेशम चौधरिको रिहाईले पीडित परिवारले गणतन्त्रलाई हेर्ने नजर असन्तुष्टजनक भएको बताएका छन् ।

मंगलवार गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टचारिलाई जेलको कठघरामा ल्याउनु पर्ने बताए । ‘रेशम चौधरी रिहा हुनुभयो हिजो मात्र तर हामीले गणतन्त्र दिवस मनाईरहँदा भालाले रोपेर मारीएको ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै अशन्तुष्ट भयो होला । भ्रष्टाचारीलाई जेलको कठघरामा ल्याउन पर्छ ।

गणतन्त्र कुनै भ्रष्टाचारलाई जोगाउने खास्टो बन्न सक्दैन । देशको उच्च पदमा रहेका मानीसहरु आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर शरणार्थी बनाउँन गृह मन्त्रालयमा बसेर प्रतिवेदन साटफेर गरेर यस्तो काम गर्ने भ्रष्टाचारको विषयमा डर लाग्दो कुरा हो । ’

उनले एमाले भ्रष्टाचारको काण्डमा अनुसन्धान गर्न सधैँ अगाडि बढ्न तयार भएको बताए । आफ्नै पार्टीको नेता परेको छ भने पनि जुन औलामा विष लागेको छ त्यहि काटेर फालिन्छ तर सिङ्गो शरिर समाप्त हुन दिन नसक्ने उनको भनाई छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार २०:१४