१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सगरमाथा जलविद्युतको आईपीओमा साढे ४ गुणा बढी पर्याे आवेदन, सेयर पर्न भाग्यकै भर


१३ चैत, काठमाडाैं ।  सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने हिजाे चैत १२ गते आइतबार अन्तिम दिन रहेकाे थियाे । अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेकाे छ ।  कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ करोड ६० लाख ७६ हजार ७४० कित्ता सेयर माग भएको छ। याे मागभन्दा ४.४९ गुणाले बढी हो।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ।

कम्पनीले बाँकी रहेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकै कारण गोलाप्रथाबाट बाँडफाँड गरीने छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०९:२९