१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

३५० रुपैयाँमा ग्रामिण विकास लघुवित्तको सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने


११ माघ, काठमाडाैं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले कम्पनीले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न चाहाने लगानीकर्ताहरुले न्यूनतम ३५० रुपैयाँ र सोभन्दा बढि मूल्य कबाेल गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि एक सूचना प्रकाशन गर्दै विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र सेयर खरीद गर्न आह्वान गरेको थियाे । तर उक्त समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएकाे हुनाल साे सेयर सर्वसाधारणहरूमा बिक्री गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

अब उक्त सेयरमा अन्य इच्छुक व्यक्ति वा संस्थाले पनि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले माघ २० गतेभित्र आवश्यक कागजपत्र संकलन गरेर एनआईशि एसिया क्यापिटल काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ११:४५