१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

एकैदिन ९१५ जनामा काेराेना संक्रमण


१८ साउन, काठमाडाैं । देशभर थप ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १६:५०