१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

फुटबलमा पनि हार्यो नेपाल, साफ च्याम्पियनसीपको पहिलो खेलमा पाकिस्तानसँग पराजित


१९ भदाै, काठमाडाैँ । साफ च्याम्पियनसीप फुटवलको पहिलो खेलमा नेपाल पाकिस्तानसग पराजित भएको छ । मोहम्मद अलिले दोस्रो हाफको इन्जुरी समयमा उत्कृष्ठ गोल गरेपछि नेपाल पाकिस्तानसँग एकका विरुद्ध दुई गोलले पराजित भएको हो । डि बक्समा अनमार्क रहेका अलिले हेडमार्फत गोल गरेका हुन् ।

बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा अग्रता पनि पाकिस्तानले लिएको थियो । खेलको ३६ औं मिनेटमा पाकिस्तानले पेनाल्टीबाट अग्रता लिएको हो ।

विराज महर्जनले पाकिस्तानी खेलाडीलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई हसन नविद बसिरले गोल गरेका हुन् । खेलको ८२ औं मिनेटमा विमल घर्तिमगरले गोल गर्दै बराबरीमा ल्याएका थिए । समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १८:२६