१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

लोटस क्लबका सञ्चालक मधु र राजुमाथि बलात्कार मुद्दा, एउटा भागे अर्को प्रहरी खोरमा


६ साउन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका मनमैँजुमा रहेको लटस क्लबका सञ्चालक मध्येका एक सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका छन भने एक जना फरार रहेका छन । प्रहरीका अनुसार बलात्कारमा मतियार बनेका अन्य दुई जना पनि फरार रहेका छन ।

पक्राउ पर्नेमा नुवाकोट कांग्रेसका नेता समेत रहेका मधुसुदन पाण्डे रहेका भने अर्का सञ्चालक राजु राउत फरार रहेका छन । प्रहरीले राउतसहित तीन जनाको खोजी तीब्र पारेको छ । राउत इन्जिनियर हुन ।

उनीहरू नेपालमै कतै लुकेर बसेको अुनमान गरिएको छ । पाण्डे भने घटना लगत्तै पक्राउ परेको र राउतको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले दैनिकीलाई जानकारी दिए । प्रहरीका अनुसार पाण्डे यसअघि पनि यस्तै खालको मुद्दा व्यहोरिसकेका व्यक्ति हुन ।

उनीहरूले सुनसरी स्थायी घर भएक युवतीलाइ चितवन बोलाएर चितवनबाट पोखरा पुर्याइ बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । असार २२ गते राति पोखराको लेकसाइड होटल सहारामा बसेका उनीहरूले त्यही युवतीमाथि बलात्कार गरेका थिए । युवतीले काठमाडौँ फर्किएपछि मालीगाउँ प्रहरीमा असार २४ गते उजुरी दिएपछि पाण्डे २५ गते नै पक्राउ परेका थिए ।

उनीहरूले नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको प्रयोग गरेर मुद्दा कमजोर बनाउने प्रयत्नहरू गरिरहेको बुझिएको छ । नेपाली कांग्रेसका केही नेता त पाण्डेलाई पक्राउ गरेर पोखरा पुर्याउने बित्तिकै पोखरा पुगेका थिए । तर उनीहरूले सामान्य प्रयासले मधुसुदन छुटाउने प्रयास सफल भएन । उनीहरूले नै राउतलाई लुकाएको अनुमान पीडितका आफन्तले गरेका छन । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १३:१३