रोल्पामा परिवर्तन गाउँपालिकाको माओवादी केन्द्र विजयी
२ जेठ, रोल्पा । स्थानीय निर्वाचनमा रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगरले तीन हजार ३११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गर्न सफल भएका छन् ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेकी छिन् ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १५:३८