१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाल लाइफ इन्स्योरेन्सको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक


१० साउन, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो ।

यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम रु. १ लाखदेखि आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले विज्ञप्तीमा जनाएको छ ।

यस सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरि बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको बार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।

बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ । कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ ।

त्यसैगरी बीमा जोखिम प्रारम्भ पश्चात बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमाङ्क रकम र आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिनेछ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १२:०१