१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सेरेना विलियम्स विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा


२६ असार, काठमाडौँ । सेरेना विलियम्स विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । सात पटककी च्याम्पियन सेरेनाले रसियन खेलाडी इभ्जेनीया रोडीनालाई साझो सेटमा पराजित गरिन् ।

चोटका कारण तिघ्रा र घुडामा टेप बाधेर खेलेकी रोडीनाले सेरेनाको पावर सटलाई रोक्न सकिनन् । छनोट चरणबाट विम्बल्डनमा प्रवेश गरेकी रोडिना विरुद्ध सेरेनाले पहिलो सेट ६–२ ले जितिन् ।

दोस्रो सेटमा पनि सेरेनाले उत्कृष्ट खेल पस्कदलै ६–२ ले नै आफ्नो पक्षमा परिन् । ३६ वर्षीया सेरेनाले क्वाटरफाइनलमा विश्व बरियतामा ५२ औं स्थानमा रहेकी इटालियन खेलाडी कामीला गियाग्रीसँग खेल्नेछिन् । तस्बिरः गुगल खोज

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार ०७:४६