१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

शिशु जन्माउन अस्पताल पुग्ने गर्भवतीका सङ्ख्यामा वृद्धि


१५ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य सेवाका सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । शुक्रबार जारी आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने र स्वास्थ्य संस्थामा प्रसूती गराउने गर्भवतीको सङ्ख्या वृद्धि हुँदै गएको जनाइको छ ।

विसं २०७७ फागुनसम्ममा दक्ष प्रसूतिबाट प्रसूति गराउने महिला ७९.३ प्रतिशत र स्वास्थ्य सेवामा प्रसूति गराउने ७७ं.७ प्रतिशत छ । यसैगरी नवजात शिशुमृत्युदर, शिशु मृत्युदर, पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशत लगायतका अन्य स्वास्थ्य सूचाङ्कमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ । पाँच बर्ष मुनिको बालमृत्युदर एक हजारमा २८ जना, नवजात शिशुमृत्युदर एक हजारमा (२८ दिनभित्र) १६ जना, शिशुमृत्युदर प्रति एक हजारमा (एक बर्षभित्र)मा २५ उल्लेख छ ।

सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि ५४ कोभिड अस्पताल, १२५ कोभिड क्लिनिक र ८४ पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस्तै विसं २०७७ फागुन मसान्तभित्रमा २२ हजार १२७ क्यारेन्टिन श्यया, १३ हजार ७७२ आइसोलेशन श्यया, एक हजार १५४ सघन उपचार कक्ष (आइसियुं), ४७५ भेन्टिलेटर र ६७६ हाई डिपेन्डेन्सि युनिट (एचडियू) निर्माण गरेको जनाएको छ ।

यसगैरी सोही अवधिमा सात हजार २२१ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन । १२५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, तीन हजार ८७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र दुई हजार ६२६ उपस्वास्थ्य चौकी रहेका छन । विसं २०७६ फागुनसम्म सात हजार १५४ रहेका थिए ।

यस्तै सबै स्थानीय तहको हरेक वडामा एक स्वास्थ्य संस्था राख्ने योजना अनुसार फागुनसम्म दुई हजार ६२६ पुगेको छ । सरकारले आव २०७६÷०७७ मा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा ८८.७ प्रतिशत, अन्तरङ्ग सेवा ४.१ प्रतिशत र आकस्मिक सेवा ७.२ प्रतिशत बिरामीले लिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ०८:०५