१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

समाजका लोक दानव र बलात्कार


-केशवी जोशी

जब उच्च ओहोदामा बसेका वा समाजका प्रतिष्ठत व्यक्तिहरुले बोल्ने बेलामा शब्द र विषय बस्तुको चयन र गर्ने कार्यमा ध्यान दिदैन् तब समाजमा उनीहरु छिटो लोक दानव (प्लक डेभिल ) का रुपमा चित्रित हुन्छन् । समाजमा यस्ता लोक दानवहरुको दबदबा वा प्रभाव अधिक रहन्छ ।

संञ्चार माध्यमको सहज पहुँच र चासोका कारण यिनले गर्ने गलत काम, बोल्ने शैली र भाव आदिको नकारात्मक असर छिटो र बढी पर्ने गर्दछ । अहिले, बलात्कार जस्तो जनघन्य अपराधलाई हलुका रुपमा लिएर टिप्णी गरेपछि गृहमन्त्री सहित ३ जना र एक प्रतिष्ठान समेत लोक दानबको रुपमा स्थापित भए । लोक दानब जो पनि बन्न सक्छ । को कति बेला र कसरी लोक दानव हुनपुग्छ पत्तै हुदैन् ।

अन्य देशमा भएको विकास र समवृद्धिसंग तुलना गर्नु पर्ने सरकारले हिन्सात्मक घट्ना संग तुलना गरेर लोक हसाएको छ ।् पिडितहरुमा मानसिक तनाव थपिदिएको छ । महिलाहरुको स्वतन्त्रता पुर्वक बाच्न पाउने अधिकारको सुनिश्चिततामा प्रश्न चिन्न लागेको छ ।

छोरीबुहारीहरु बुवा, दाजुभाई, पति र ससुराबाट समेत असुरक्षित रहेका समाचारहरु आइरहेका छन् । बझाङमा ससुराले बलात्कार गर्दा नन्द, सासु र पति स्वयमले बलात्कारीलाई सहयोग गरेको घट्नाले समाजमा नैतिक त्रास बढाएको छ । धनुषामा एउटा बलाकलाई समेत अप्राकृतिक यौन शोषण र हत्या भएको छ । यसले बालिका मात्र नभएर बालक समेत सुरक्षित छैनन् भन्ने प्रष्ट पारेको छ ।

साजलाई त्रसित बनाउने यस्ता घट्नाहरु सरकारलाई सामान्य लाग्छन् । गत असोज १४ गते संसद्को राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बलात्कारको घटनालाई विश्व संग तुलना गरे । उनले विश्वका २ सय २५ देशको अवस्था हाम्रो भन्दा पनि नराम्रो रहेकाले धेरै चिन्तित हुनुपर्ने अवस्था छैन भने । तर, २०७५–७६ मा प्रहरी समक्ष आएका तथ्यांक हेर्ने हो भने देशभर २ हजार २ सय ३० जना बलात्कारको शिकार भएकाछन् । जसमा ११ जनाको बलात्कारपछि हत्या भएको छ । त्यसैगरी, २०७६–७७ मा २ हजार १ सय ८४ जनाको बलात्कार भएको र २ जनाको बलात्कार पछि हत्या भएका समाचारहरु आइरहेका छन् । अझ, गाउँ मै मिलापत्रमा सिमित हुने घट्नाहरु त बाहिर नै आउदैनन् । त्यस्मा कोरोना र लक डाउनका कारण महिला माथि भैरहेका हिसांत्मक घट्नाहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।

बलात्कार र हत्या जस्ता हिसांत्मक घटनाहरुले सामाजिक सुशासन र सुव्यवस्थामा नैतिक संकट (मोरल प्यानिक) उत्पन्न गराएको छ । तर, सरकारलाई त्यस्ता समस्याहरु सामान्य लाग्छन् । अझै पनि गाउँमा पञ्चहरुको राज छ । बलात्कारी र बलातकृत वीच केही रकममा सम्झौता गराइन्छ । र, त, सङ्गीताहरुले बलात्कार हुनुको पिडा, अपमान र अन्याय सहन नसकी आत्महत्या गर्नुपर्छ । अनि, बलात्कारीहरुले झन उन्मत्त हुने मौका पाउँछन्, र, राजेन्द्र बोहराहरु फेरी निर्धक्क संग सम्झनाहरुको बलात्कार गर्छन अनि पाप लुकाउन हत्या गरिदिन्छन् । निर्मला पन्तहरुका परिवार न्यायका लागि बर्षाै लडिरहन्छन् ।

तर, सरकार संचालन गर्ने वृत्त भित्रका कुनै पनि व्यक्तिका परिवारका महिलाहरुले बलात्कार र हत्या जस्ता दुर्घट्ना बेहोर्नु पर्दैन । त्यैले त बलात्कार जस्ता जनघन्य अपराधका घट्ना समेत अन्यदेश संग तुलना गरी चिन्ता लिनुनपर्ने स्वयम गृहमन्त्री रामबाहादुर थापा (बादल) बताउँछन् । ति देशको कानुनी व्यवस्था, बारेमा उनी बोल्दैनन् ।

एक दिनमा ६/७ जना महिला वा बालिका बलात्कृत हुनु गृहमन्त्रीलाई सामान्य लाग्छ । यस्ता उच्च ओहोदामा बसेका व्यक्तिहरुले आफु पुगेको ओहोदा र मर्यादाको विचार नगर्दा लोक दानब (फ्लक डेभिल) बन्न पुग्छन् । जस्ले समाजलाई अराजक, असान्त र त्रसित बनाउदै लग्छ र लगिरहेको छ । यिनीहरुले बोल्ने शैली र भाषाबाट यिनको महिला प्रतिको सम्मान र हेर्ने द्धष्टिकोण पनि प्रष्ट हुन्छ ।

देशमा सामाजिक सुशासन र सुव्यवस्था कायम गर्ने गृहमन्त्रालयले नै बलात्कारलाई सामान्य रुपमा लिन्छ भने पृतिसत्तामक समाजले गजडिएको पुरुषबादको अन्त सायदै हुन्छ । जब सम्म एउटा समाजले महिलालाई भोग्य बस्तुको रुपमा हेरिरहन्छ तव सम्म महिलारुले यस्ता समस्याबाट बाहिर आउन मुस्किल पर्छ । जति सुकै पढे लखेका र विद्धान कहलिएका पुरुष वा महिला समेत अवचेतन दिमाकको शिकार भैरहेका छन् । उनले जतिसुकै उदार हुन खोजेपनि उनको अवचेतन मनमा रहेको संकुचित विचार कुनै न कुनै रुपमा प्रवाह भै नै रहन्छ ।

त्यस्तै, लोक दानव बनेको अर्काे उदाहरण हो सांसद नारायण बिडारी र खगेन्द्र संग्रौलाले दिएकोको अभिव्यक्ति । सासंद बिडारीले बलात्कारमा समेत इन्जोय देखे । हुनत एउटा पक्षले इन्जोय नै गरेको हुन्छ । तर, बलात्कृत हुने महिलाले समेत इन्जोइ गरेको देख्ने बिडारीलाई पृृत्रिसत्तामक सोचको उपज न भनेर के भन्ने ? उमेर पुगेकी महिलाले बलात्कार भयो भन्दा ९० प्रतिशत आरोप मात्र हुने अर्थात सहमतीमा भएको शारिरीक सम्बन्ध कुरा नमिले पछि बलात्कारमा परिणत हुने उनी बताउँछन् । कस्तो कुरा नमिल्ने हो, के कुरा मिल्दैन् । त्यो पनि खुलाई दिए अझ प्रष्ट हुन्थ्यो कि ? हो, अनि त्यहि कुरा मिलाइ दिने प्रलोभनमा हुने शारिरीक सम्बन्ध बलात्कार भएन र ? यदि, दुवैको सहमतिमा शारिरीक सम्बन्ध हुन्छ भने त्यहाँ मिलाउन पर्ने कुरा के नै रहन्छ ?

मानौ, विडारी भने जस्तै इन्जोयका लागि राखिएका सम्बन्ध कुरा नमिले पछि बलात्कारमा परिणत हुन्छन् । तर, अच्चम के भने त्यस्ता नमिल्ने शर्तहरु राखेर पुरुषहरु किन सम्बन्धका लागि मरिहत्ते गर्छन् र आफ्नो नैतिकता गुमाउछन् । महिलाले बदनाम गराउन सक्छ भन्ने हेक्का पहिले राखे हुन्न । यसको मतलव यो होइन कि सबै महिलाहरु असल र सबै पुरुषहरु खराब हुन्छन् । कतिपय अवस्थामा पुरुषलाई विनाकारण बदनाम गराउने घट्ना पनि हुने गरेका छन् ।

बलात्कारी र बलात्कारको आरोप लगाउने दुवैलाई कडा सजाय हुनुपर्छ । त्यस्ता कलंकहरुलाई जन्म कैद र सामाजिक बहिष्कार गरौं । महिला होस या पुरुष जो कोहि पनि समाजमा शिर उभो गरेर, आखाँ जुधाएर हिड्न चाहाँन्छ । त्यत्ति कै आफ्नो बेइज्जत गर्ने रहर कसैलाई पनि हुदैन् ।

त्यस्तै, अर्का वामपन्थी लेखक भनेर चिनिने खगेन्द्र संग्रौलाले बलात्कारलाई समेत नारी प्रेमसँग जोडिदिए । प्रेम र नारी शब्दको नै बलात्कार गरिदिए । कुनै समय संग्रौलाका लेखहरु नबिराई पढ्ने हाम्रो जमातले उनको वौद्धिकता पनि पढ्न पायो । उनले कटाक्ष गरेर उक्त शब्द चयन गरेकोले ठिक छ भन्ने जमातले प्रेम र नारी शब्दको के अर्थ लगाउछन् होला ?

संगा्रैलाको कटाक्ष दुई जना लेखकका बीच एक पुरुष्कारका लागि भएको विवाद थियो । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा गरिएको पद्मश्री पुरस्कार पुरस्कृत हुनेमा उपन्यासकार सञ्जीव उप्रेती र मोदनाथ प्रश्रित छानिए । उप्रेतीले यौन दुराचार तथा बलात्कारको आरोप खेपिरहेका प्रश्रितसँग पुरस्कारका निम्ति मञ्च ’सेयर’ गर्दिनँ भनेपछि यो विषय विवादमा तानिएयो । जसका कारण उक्त पुरुषकार नै रद्द भयो । यौनशोषणको आरोप खेपिरहेका उनै प्रश्रितलाई नारीप्रेमि देख्ने संगा्रैला र पुरुष्कारका लागि छनौट गर्ने प्रतिष्ठानलाई साच्चैका नारीपे्रमिहरुले के भन्लान ? प्रतिष्ठानले बलात्कारको आरोप लागेका व्यक्तिलाई पुरुष्कार दिदा पाठकमा के असर पर्ला भन्ने कुरामा किन ध्यान दिएन होला ?

यी नै लोक दानव, सरकारको फितलो अनुशासन नीति, र स्वयम हामी आफ्नै कारणले हाम्रो समाज र परिबेस छोरीका लागि झन भयावह बन्दै गएको छ । शहरबजार होस या गाउँघर गिद्धे दृष्टि भएका वासाहरुबाट ३ बर्षे दुधेबालक देखि ९० बर्षे वृध आमालाई समेत बजाउन कठिन् भएको छ । त्यसमा पनि यौन शिक्षा बारेमा कुनै ज्ञान नभएका अवोध छोरीहरुको अस्मिता र ज्यान नै जाने घट्नाहरुले शहर बजारका केहि शुकिला, मुकिला बाहेक सबै अभिभावक त्रसित भएका छन् ।

प्रत्येक दिन स्कुल गएकी छोरी घर नफर्किनजेल सम्म अभिभावकको मन उद्देलित भैराख्छ । घासदाउरा, पानी पधेरो गर्न गएकि छोरीलाई केहि हुन्छ कि भन्ने त्रासदी बढाएको छ । जसले गर्दा छोरीहरुले स्वतन्त्र बाच पाउँने, दिल खोलेर हास्न पाउने अधिकारको खोसिएको छ । खासमा यस्ता हिसांत्मक घट्नाको अन्तहुनुपर्नेमा झनझन बढ्दै जादा त्यसको असर पुरा समाजमा पर्ने गरेको छ । बलात्कार जस्तो जन्घन्य अपराधमा कोही पनि उम्मकिनु हुदैन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०८:५३