१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

एमाले निकट पर्यटन व्यवसायी संगठनमा सर्वसम्मत नेतृत्व चयन


११ फागुन, काठमाडौँ । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शुक्रबार अवेरसम्पन्न महाधिवेशनले ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष चन्द्र रिजालले दैनिकीलाई बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य एव्म पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापाको विशेष पहलमा सिंगो ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत गर्न सफल भएको रिजालले बताए ।

 । संगठनमा कार्यसमितिले पदाधिकारी चुन्ने परम्परा भएकाले महाधिवेशनबाट कार्यसमिति सर्वसम्मत गरिएको उनले बताए ।

नयाँ कार्यसमितिलाई पर्यटनको विकासमा योजनावद्ध ढंगले काम गर्न निर्देशन दिँदै विभागका प्रमुख सूर्य थापाले व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले आर्थिक समृद्धिको एउटा मुख्य आधार पर्यटन पनि भएकाले यसलाई उद्योगको मान्यता दिलाउन सरकारसँग अफूले पनि मध्यस्कर्ताको भूमिका निर्वाह गरिदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यसमितिमा सर्वसम्मत भएका व्यवसायीहरूले व्यवसायमैत्री वातावरण तयार गर्न संगठनलाइ क्रियाशिल तुल्याउने सामूहिक प्रतिवद्धता जनाए ।  साधै निर्वाचित कार्यसमितिका सदस्यहरूलाइ थापाले पद तथा गोपनियताको शपथ पनि गराए ।

सपथको भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार २३:१६