१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी बापतको भुक्तानी


१६ साउन, काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानीलाई प्राथिमकतामा राखेर काम अघि बढाएको छ । अन्य कम्पनीहरूले मृत्यु दाबीको भुक्तानीमा झन्झट सिर्जना गर्ने गरेको भए पनि सानीमाले प्राथमिकतामै राखेर मृत्यु दाबीको भुक्तानी गरिरहेको छ ।

सानिमाले पछिल्लो पटक धादिङका एक व्यक्तिको मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । सानिमाले  जीवन बीमा गराएका निलकण्ठ नगरपालिका २ धादिङका बिनोद आलेमगरको मृत्यु भएकोमा उनकी आमा कृष्णकुमारी आलेमगरलाई मृत्यु दाबी बापतको २ लाख ५० हजार रुपियाँ भुक्तानी गरेको हो ।

मृत्यु दाबीको भुक्तानी लिँदै मृतककी आमा कृष्णकुमारीले बिना झन्झट बीमाको रकम भुक्तानी दिएकोमा कम्पनीलाई धन्यवाद दिइन । उनले बीमा सबैले गर्नुपर्ने रहेछ भन्ने महशुष आफूलाई भएको पनि बताइन ।

बीमितहरूको सेवा समयमै गर्नपाउनु कम्पनीका लागि पनि खुशीको कुरा भएको सानिमा लाइफ गोङ्गबु शाखाका प्रबन्धक सुबोध मिश्रले बताए । उनले सानो रकम भए पनि यसले पीडितको परिवारमा ठूलै राहत मिल्ने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १३:२६