१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

विक्रम बरालको गीत भन्थे बाजेले सार्वजनिक


११ साउन, काठमाडौँ । विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेलेको भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् ।

अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भने । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १३:३६