१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

त्रिवि शिक्षण अस्पतालमा कोरोना परीक्षण सुरु


१२ जेठ, काठमाडौँ । सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा पनि  कोरोना परीक्षण सुरु भएकाे छ । शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन बिग्रिएका कारण राेकिएकाे परीक्षण कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन सारेर सेवा सुरु गरिएकाे हाे ।

एक पटकमा ९६ नमूनाका परीक्षण गर्नसक्ने मेसिनमा कम्तीमा २४ वटा नमूना जम्मा हुनासाथ परीक्षण थाल्ने नियम बनाइएको छ । योसँगै देशभरका २० स्थानबाट कोरोना भाइरस परीक्षण हुने भएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १३:५०