डिल्लीबजार कारागारबाट रिहा भए महरा
५ फागुन, काठमाडाैँ । बलात्कारकाे अभियाेगकाे मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
महरालाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका छन् ।
जिल्ला अदालत काठमाडाैँका न्यायाधीश अमरराज पौडेलले महराविरूद्धको बलात्कार मुद्दाको फैसला गर्दै सफाइ दिएको थियाे । संसद सचिवालयकी कर्मचारी रोशनी साहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले नै महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि जेल पठाएको थियो ।
महरा निर्दोष सावित भएसँगै कागजी प्रक्रिया पूरा गर्न डिल्लीबजार कारागार तर्फ लगिएका छन । उनको अबको राजनीतिक यात्रा कसरी अघि बढ्छन भन्ने धेरैको चासो रहेको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १६:३७