१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भ्यालेनटाइन डेको प्रेम प्रस्ताव अस्वीकार हुँदा एक प्रहरी जवानले आफ्नै भुँडीमा गोली हाने


२ फागुन, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एक प्रहरीले जवानले भ्यालेनटाइन डेको प्रेम प्रस्ताव अस्वीकार हुँदा आफ्नै भुँडीमा गोली हानेका छन । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलका अनुसार शुक्रबार बिहान काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले आफ्नै भुँडीमा गोली हानेका हुन ।

त्यही कार्यरत एक महिला प्रहरी जवानलाइ रायले प्रेम प्रस्ताव राखेका थिए तर उनले प्रस्ताव अस्वीकार गरेपछि उनले आफ्नै भुँडीमा गोली हानेका हुन । रायलाइ घाइते अवस्थामा उपचारका लागि काठमाडाैँ पठाइएको छ । उनले आफ्नै भुँडीमा गोली हानेको प्रत्यक्ष देखेपछि अर्की प्रहरी जवान भने राम्रोसँग बोल्न सक्ने अवस्थामा रहेकी छिन ।

रायको प्रहरी अस्पतालमा महाराजगञ्जमा उपचार भैरहेको छ । गोली हान्नु अघि उनीहरूको दुइको बीचमा केहीबेर भनाभन समेत भएको बुझिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १६:०७