१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

झुप्री भण्डारीकाे गीत ‘सम्झी रुना रुना’ सार्वजनिक (भिडियाेसहित)


१ फागुन, काठमाडाैँ । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारी गायिका बनेकी छन् । उनको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सार्वजनिक भएको छ। आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ । गीतमा लय भर्नेमा काम भने पाण्डव विष्टले गरेका छन् ।

विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन् । दृश्यमा झुप्रीको अलवा उनका बुबा आमा क्रमश बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १२:२२