१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विवादित संस्थाको प्रायोजनमा निर्लज्ज बनेर भारत घुम्न जान्नः अध्यक्ष वस्ती


२६ माघ, काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले आफू विवादित संस्था युएनओपिएसको प्रायोजनामा भारत नजाने स्पष्ट पारेका छन । आइतबार साँझ दैनिकीमा ‘नुवाकोटका १० स्थानीय तह ६ दिन ठप्प, युएनओपिएसको प्रायोजनामा जनप्रतिनिधि भारत उड्दै’ शीर्षको समाचार प्रकाशन भएपछि अध्यक्ष वस्तीले आफूले भारत नजाने निर्णय लिइसकेको जानकारी दिए ।

अध्यक्ष वस्तीले एक जना जनप्रतिनिधिले भवितव्य बिना कार्यालय खाली गर्न नमिल्ने बताए । उनले दैनिकीसँग भने ‘विवादित संस्थाको कार्यक्रमममा निर्लज्ज बनेर म भारत जान्न । मैले यसअघि नै निर्णय लिइसेको थिएँ ।’ उनले जनताको काम छाडेर प्रमुख र उपप्रमुख दुबै विदेश जानु अनुचित भएको भन्दै गाउँपालिकाको उपप्रमुखलाई पनि नजान सुझाव दिएको बताए ।

अध्यक्ष वस्तीले जिल्लामा भूकम्प पीडितलाई सहयोग गर्ने भनेर आएको भए पनि युएनओपिएस विवादित बनेको र जिल्लामा धेरैले असन्तुष्टि जनाएका कारण यस्ता संस्थाको कार्यक्रममाट टाढा बनेको बताए । उनले भने ‘म सित्तैमा पाइयो भनेर जे पनि गर्ने मान्छे होइन । मलाई जनताले निर्वाचित गरेका कारण उनीहरूको भावनाको कदर गर्नु मेरो दायित्व हो ।’

यो पनि पढ्नुहोस्

-नुवाकोटका १० स्थानीय तह ६ दिन ठप्प, युएनओपिएसको प्रायोजनामा जनप्रतिनिधि भारत उड्दै

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार २२:०३