१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नुवाकोटका १० स्थानीय तह ६ दिन ठप्प, युएनओपिएसको प्रायोजनामा जनप्रतिनिधि भारत उड्दै


-माधवप्रसाद तिवारी 

२६ माघ,  काठमाडाैँ । नुवाकोटको १० स्थानीय तहको काम ६ दिनका लागि ठप्प हुने भएको छ । भूकम्प पीडितलाइ नक्सा बनाउन सहयोग गर्ने उद्देश्यले भारत सरकारको परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस)को प्रायोजनामा नुवाकोटका १२ मध्ये १० स्थानीय तहका प्रमुख र उपप्रमुख सोमबार भारत उड्न लागेका हुन ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र लिखु गाउँपालिकाका प्रमुख ध्रुव श्रेष्ठ ।

युएनओपिएसकी संयोजक बन्दा सिंहले पत्र लेखेर २६ माघदेखि २ फागुनसम्म भारत भ्रमणका लागि निमन्त्रणा पाठाएकी थिइन । त्यही पत्रको आधारमा पालिकाका प्रमुख र उपप्रमुख सोमबार भारत उड्न लागेका हुन ।

नुवाकोटको १० स्थानीय तहमा काम गरिरहेको युएनओपिएस विवादित संस्था हो । उसले भारतमा सिकाउन लैजान लागेको हो । युएनओपिएसको प्रयोजनामा सोमबार भारत जना लागेका जनप्रतिनिधिका लागि आइतबार साँझ भारतीय दूतावासले काठमाडौँको शंकर होटलमा रात्री भोज समेत दिएको र सोही होटलमा बास बस्ने व्यवस्था गरेको स्रोतले जनाएको छ ।

युएनओपिएसले पालिकाको नाममा लेखेको पत्रको व्यहोरा ।

जिल्लाको दुबै नगरपालिका बेलकोटगढी र विदुर तथा ८ गाउँपालिकाका प्रमुख फर उपप्रमुख सोमबार एकैपटक भारत जान लागेका हुन । स्रोतका अुनसार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयर गीता दाहाल, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार युएनओपिएसको प्रायोजनामा सोमबार भारत जाँदै छन ।

त्यस्तै दुप्चेश्वर गाउँपालिकाका प्रमुख योविन्द्र सिंह तामाङ र उपप्रमुख अञ्जु आचार्य, तादी गाउँपालिका प्रमुख नारायण प्रसाद पाण्डे र उपप्रमुख इश्वरी उप्रेती, सूर्यगढी गाउँपालिका प्रमुख सन्तबहादुर तामाङ र उपप्रमुख मञ्जु बुढाथोकी, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा र उपप्रमुख सीता लामा पनि सोमबार भारत जाँदैछन ।

त्यस्तै लिखु गाउँपालिका प्रमुख ध्रुव श्रेष्ठ र उपप्रमुख रोजिना राइ, तारकेश्वर गाउँपालिकाकी उपप्रमुख तारादेवी रिमाल, म्यागङ गाउँपालिकाका प्रमुख आशा तामाङ र उपप्रमुख शान्ति लामा गुरूङ र किस्पाङ गाउँपालिकाका प्रमुख छत्रबहादुर लामा र उपप्रमुख मायादेवी घले न्यौपाने पनि युएनओपिएसको प्रायोजनामा सोमबार भारत जान लगेका छन ।

पालिकाको प्रमुख र उपप्रमुख दुबै भारततीर गएपछि स्थानीय तह ६ दिनका लागि नेतृत्वबिहीन हुने भएको छ । बेलकोटगढी नगरपालिका मेयर राजेन्द्र रमणले दैनिकीसँग कुरा गर्दै आफू सोमबार आफू भारत जान लागेको पुष्टि गरे । त्यस्तै उपप्रमुख कविता ढुंगानाले पनि भारत भ्रमणमा जान लगेको स्वीकार गरिन ।

निःशुल्क खाने बस्ने व्यवस्थासहितको उल्लेखित व्यहोरा ।

भारत सरकारले नुवाकोटमा २३ हजार ८८ भूकम्पपीडित घरधनीलाई सामाजिक प्राविधिक सहजीकरणका लागि खर्च गर्ने रकमभित्र नै जनप्रतिनिधको यो भ्रमण तय गरेको युएनओपिएसले जनाएको छ । जनप्रतिनिधिलाइ नुवाकोटदेखि नुवाकोटसम्म पुग्न कुनै खर्च नलाग्ने युएनओपिएसले जनाएको छ ।

समान्यतया प्रमुख र उपप्रमुख दुबैले भवितव्य बाहेकको अवस्थामा कार्यालय छाड्न मिल्दैन । प्रमुख नहुँदा उपप्रमुखलाइ कार्यभार दिने प्रचलन र कानुनी व्यवस्था छ । तर दुबै हिडेँपछि स्थानीय तह नेतृत्वबिहीन हुन पुगेको छ । युएनओपिएस भूकम्पपछिको समयमा विभिन्न देशको सहयोग परिचालनको नाममा ठेकदारको भूमिकाका काम गर्दै आएको छ । यसले नुवाकोटमात्र होइन अन्य जिल्लामा पनि भूकम्प पीडितलाइ सहयोग गर्ने भनेपनि जनप्रतिनिधिको मोजमस्तीमा पैसा खर्च गर्दै आएको आरोप लागेको छ।

विदेश जाँदा यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्था रहेको छ । तर स्थानीय तहका जनप्रितिनिधिहरू अनुमतिबिनानै भारत उड्न लागेका छन । उनी पालिकाको प्रतिनिधित्व गरेर भारत जान लागेका कारण अनिवार्य अनुमति लिनुपर्ने हो तर संघीय सरकारको नीति धोति लगाउँदै भोलि भारत उड्न लागेका छन । व्यक्तिगत रूपमा जनप्रतिनिधिहरू विदेश जान पाए पनि संस्थागत प्रतिनिधित्व गरेर विदेश जाँदा अनुमति लिनुपर्नेल प्रावधान रहेको छ ।

(तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले अाफू विवादित संस्थाको कार्यक्रममा विदेश नजाने जानकारी दिएका कारण उहाँको नाम हटाइएको छ ।सम्पादक)

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार २०:२७