१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

१३औं साग : महिला म्याराथनतर्फ नेपालकी पुष्पालाई रजत


२१ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किमि म्याराथन महिलातर्फ नेपालकी पुष्पा भण्डारीले रजत जितेकी छन् । पुष्पा श्रीलंकाकी खेलाडीसँग पछि परेपछि नेपालले रजतमा चित्त बुझाएको हो ।

पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पार गरिन् । स्वर्ण जितेकी श्रीलंकाकी हिरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । भारतकी  ज्योतिले २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै कास्य जितिन् ।

पुरुषतर्फ भने नेपालका किरणसिंह बोगटीले स्वर्ण हात पारे । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे ।

१३औं साग : किरणसिंह बोगटीले ४२ किलोमिटर म्याराथनमा जिते स्वर्ण

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १४:१०