१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कांग्रेस नेता महतका चुनावी कमाण्डर नकुल मगर नुवाकोटको विदुरबाट लागूऔषधसहित पक्राउ


२१ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका नेता नकुल मगर लाूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन । नुवाकोटको तत्कालीन गणेस्थान गाविसका नेपाली कांग्रेसका उपसभापति रहेका मगर कात्तिक ७ गते नुवाकोटको विदुरबाट पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मगरसहित हरिबहादुर मगर पनि पक्राउ परेका छन ।

विदुर नगरपालिकाको वडा नम्बर २ मा रहेको सुनिल टायर सेन्टर अगाडी पार्किङ गरी राखेको सुनिल कुमार पनेरुले प्रयोग गर्ने गरेको बा ७५ प ७०११ नं. को स्कुटरको सिटमुनी लुकाई राखेको लागु औषध ब्राउन सुगरसहित नकुल र हरिबहादुर पक्राउ परेका  हुन । सुर्यगढी गाउँपालिका वडा नम्बर ५ मा बस्ने बर्ष ४६ को नकुल मगर र सोही ठाउका वर्ष ३८ का हरि बहादुर मगरलाइ पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।

नकुल गत निर्वाचनमा डा रामशरण महत र रामेश महतको चुनावी अभियानमा कमाण्डर बनेर काम गरेका थिए । प्रहरीले लाूऔषध तस्करीको ठूलो गिरोहसँग सम्बन्ध रहेको आशंकामा सुक्ष्म अनुसन्धान गरिरहेको छ । पछिल्लो समय नुवाकोटमा प्रहरीले सक्रियता जनाएपछि अपराध र चोरीका घटनामा समेत कमी आएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १५:२८