२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मानवअधिकारको खोल ओढेका कांग्रेस नेताको सीलाई कालो झण्डा देखाउने प्रयास असफल


२७ असोज, काठमाडाैँ । मानवअधिकारको खोल ओढेका कांग्रेसका नेताहरूको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई कालो झण्डा देखाउने प्रयास असफल भएको खुलासा भएको छ । नेपाली कांग्रेसका अधिकारकर्मी तथा वकिलहरुको समूहले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई कालो झण्डा देखाउने प्रयास गरेका थिए । कपिल श्रेष्ठ, अधिवक्ता दिनेश त्रिपाठी, इन्द्र अर्याल, महामुनी आचार्य लगायत अन्य केही नेपाली कांग्रेसका अधिकारकर्मी र वकिलको समूहले चिनियाँ राष्ट्रपतिलाई शनिबार कालो झण्डा देखाउने योजना बनाएकोे थियो ।

उक्त दिनको प्रयास असफल भएपछि शनिबार राति अनामनगरस्थित इन्द्र अर्यालको अफिसमा आपतकालीन बैठक बसी मूल सडकमा कालो झण्डा देखाउन असम्भव भएकाले सडकका भित्री स्थानमा भए पनि विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो। तर सुरक्षाकर्मीको तदरुकताले गर्दा उनीहरुको उक्त प्रयास पनि असफल भएको छ। यी व्यक्तिहरु माथि मानवअधिकारको नाममा पश्चिमा राष्ट्र निर्देशित गतिविधि गर्दै आएका छन्।

अर्यालको एनजियोले निर्मला हत्याकाण्ड प्रकरणमा स्थलगत भ्रमण भन्दै जथाभावी रिपोर्ट बनाई घटनालाई अन्तराष्ट्रियकरण गर्न विभिन्न आइएनजियोबाट रकम पनि लिएको सुत्रले जनाएको छ। अर्यालको उक्त रिपोर्टलाई आधार बनाई पीडित बम दिदीबहिनीले अर्यालमाथि मानहानीको मुद्दा दायर गरेका छन। उक्त मुद्दा जिल्ला अदालत कञ्चनपुरमा विचाराधीन छ।

निर्मला हत्याको बिरोधमा वास्तविक अपराधीलाई बचाउने उदेश्यका साथ आन्दोलनमा लागि परेका उक्त समूहका केही व्यक्तीहरु आफूहरुलाई देशमा असुरक्षा भएको भन्दै नक्कली रिपोर्ट तयार पारी नक्कली शरणार्थीको रुपमा आइसल्याण्ड जाने तयारीमा रहेको सम्बद्ध सुत्रले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार ०८:२०